आज प्रतिनिधि सभामा चार मन्त्रीहरुसँग प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा चार जना मन्त्रीहरुसँग प्रश्नोत्तर हुने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*