नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो।

उक्त दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।

वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा असामयिक निधन भएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*