कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सर्यो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिकिो बैठक असोज ४ गते बस्ने गरी सारिएको छ। यसअघि असोज २ गते बस्ने तय भएको बैठक दुई दिन पर धकेलिएको हो।

बैठक असोज ४ गते दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जानकारी गराएका छन्।

विज्ञप्तिमा बैठक सरेको जानकारी गराउँदै उक्त बैठकमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि भनिएको छ।

बैठक धकेलिनुको कारण भने विज्ञप्तिमा खुलाइएको छैन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*