मकवानपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जितपुरभन्ज्याङबाट चपकि खानी तर्फ जाने भित्रि कच्चि सडक खण्डमा ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटना हुँदा बकैयाँ–१२ टरबास बस्ने मोटरसाइकलमा पछाडि सवार ६८ वर्षकी ठुलिमाया न्यासुरको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भई उपचारको लागि हेटौंडा अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक मृतकका छोरा ३२ वर्षिय राजकुमार न्यासुर अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
























