शिक्षा विधेयकको विरोधमा हजारौँ शिक्षकहरु सडकमा

काठमाडौँ । संसदमा पेस भएको शिक्षा विधेयक हुबहु पारित नगर्न माग गर्दै नेपाल शिक्षक महासंघले बुधबार गरेको र्‍यालीमा हजारौँ शिक्षक सहभागी बनेका छन्।

महासंघले बुधबार माइतीघर मण्डलादेखि सुरु गरेको र्‍यालीले माइतीघरदेखि बानेश्वरसम्म यातायात ठप्प भएका थिए। र्‍यालीमा मुलुकभरका शिक्षक सहभागी बनेका छन्।

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध गर्दै महासंघले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।

संसदमा पेस भएको सोही विधेयक हुबहु पारित नगर्न माग गर्दै महासंघले आन्दोलन गरेको हो। सरकारले वार्ताका लागि गरेको आग्रह अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन्।

शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आग्रह आफूहरूलाई अमान्य रहेको महासंघको भनाइ छ। आन्दोलनका लागि ७७ वटै जिल्लाबाट स्थायी, राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन्।

विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ, जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*