कुलेखानी फर्पिङ क्षेत्रमा सडक निर्माणको लागि थप नौ करोड

हेटौंडा । हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने छोटो दुरीमो मार्ग निर्माण गर्नका लागि ठाउँ ठाउँमा बागमती प्रदेश सरकारले हरेक वर्ष लगानी गर्दै आएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय चितवनले हेटौंडा–फाखेल फर्पिङ सडक खण्ड अन्तरगत कुलेखानी फर्पिङ क्षेत्रमा सडक निर्माणका लागि चालु आर्थिक वर्षमा थप नौ करोड रुपैयाँ लगानी गरेर काम गर्न लागिएको हो ।

प्रदेश सरकारको गौरवको आयोजना अन्तरगत तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलको पाला देखि हाल सम्म यस सडकलाई प्राथमिकता दिइदै आएको छ ।

अहिले थप गरिएको नौ करोड रुपैयाँ लगानीबाट सडक चौडा गर्ने, ग्याबिन गर्ने, पिच गर्ने लगायतका काम गरिने पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ । यो सडकसंगै भैसे–भीमफेदी सडक खण्ड, सिस्नेरी सडक खण्ड लगायतका क्षेत्रमा पनि निरन्तर रुपमा काम भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*