मकवानपुर लगाएत देशैभरका विद्यालयहरुमा नियमित पठनपाठन सुचारु
हेटौंडा । आज आइतबारबाट देशैभरका विद्यालयहरुमा नियमित पठनपाठन सुचारु भएको छ । संघीय सरकार र नेपाल शिक्षक महासंघबीच सहमतिपछि विद्यालयहरुमा नियमित पठनपाठन सुचारु भएको हो । संघीय सरकारले संसदमा दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा भएको व्यवस्थाप्रति विरोध गर्दै आन्दोलित शिक्षकका कारण गत साता विद्यालयमा पढाई रोकिएको थियो ।
शुक्रबार संघीय सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएपछि विद्यालयहरुमा पठनपाठन सुरु गरिएको हो । पठनपाठन रोकेर आन्दोलनमा सहभागी भएको भन्दै शिक्षकहरुको चर्को आलोचना भएको थियो । शिक्षकले भने आन्दोलनका प्रभावित पढाइलाई सार्वजनिक बिदाको दिनमा समेत पठनपाठन गरी सट्टाभर्ना गरिने जनाएका छन् ।
























