ईभी गाडीको खरिदमा ‘डिक्की फुल’ अफर
मकवानपुर, ८ असोज । हेटौँडा ११ थानाभर्याङमा ईलेक्ट्रोनिक्स गाडी बिक्री गर्दै आईरहेको ईभी कार एण्ड मोटर्स हब प्रा.लि.ले सिजीको ईलेक्ट्रोनिक्स गाडी किन्दा विभिन्न उपहार दिने भएको छ । दशैँ, तिहार र छठ पर्वको अवसरमा सिजीको नेटा, केवाईसी र किङलोङ गाडीको खरिदमा ‘डिक्की फुल’ अफर अन्तगर्त विभिन्न उपहारहरु प्रदान गर्ने भएको हो ।
चाडपर्व योजना २०८० को अवसरमा प्रालिमा ग्राहकहरुले सिजीको नेटा ईभी गाडीको खरिदमा सिजीको ४३ ईञ्चको फोके स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, प्रेसर वासर, सिजीको रेड भ्याकुम कप र सिजीकै ५०० एमएलको फ्लास्क बोटल उपहारको रुपमा प्राप्त गर्ने इभी कार एण्ड मोटर्स हब प्रालिका संचालक युवराज आचार्यले जानकारी दिए ।

त्यस्तै ग्राहकहरुले सिजी मोटर्सको केवाईसी र किङलोङ इभी गाडीको खरिदमा सिजीको ४३ ईञ्चको फोके स्मार्ट टिभी र प्रेसर वासर उपहारको रुपमा प्राप्त गर्ने संचालक आचार्यले बताए । यो अफर २०८० मंसिर ३ गतेसम्मको लागि मान्य रहने आचार्यले बताएका छन् ।
ईभी कार एण्ड मोटर्स हब प्रालिमा अहिले ईलेक्ट्रोनिक्स गाडी खरिद गर्न र बुझ्न दैनिक रुपमा ग्राहकहरु आउने गरेको आचार्य बताउँछन् ।
























