आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्नेछ। बैठकका लागि सम्भावति चारवटा कार्यसूची रहेका छन्।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

यसैगरी, विद्यालय शिक्षा विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*