हेटौंडाको चुरीयामाइमा दुइ वटा सवारी ठोकिदा नौ जना घाइते

हेटौंडा । हेटौंडाको चुरीयामाइमा दुइ वटा सवारी ठोकिदा नौ जना घाइते भएका छन् ।

हेटौंडाको चुरीयामाइ मन्दिर नजिकै आज बिहान बिरगंजबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जादै गरेको ना ७ ख १६४३ नम्बरको बस ‍एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुवै सवारीका ९ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई प्रहरीले उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याएको जनाइएको छ । दुवै सावारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*