असोज २१ गते बागमती प्रदेशसभा बैठक बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते दिनको ३ः०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

बागमती प्रदेश सभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेश सभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेश सभाका सदस्य हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*