इजरायलबाट नेपाल फर्किन थप २ सय जनाले दिए निवेदन

काठमाडौं । इजरायलबाट स्वदेश फर्किन थप २ सय जना नेपालीले निवेदन दिएका छन् ।

इजरायलमा हमासको आक्रमणपछि नेपालीहरुको पहिलो टोली आज बिहान नेपाल आइपुगेको थियो । उनीहरुलाई लिन नेपाल वायु सेवा निगमको जहाज बुधबार इजरायलतर्फ गएको थियो जसमा २ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । अरु थप २ सय जनाले स्वदेश फर्किन निवेदन दिएका इजरायल स्थित नेपाली राजदुतासासले बिज्ञप्ति मार्फत जनाएको हो । दुतावासले हराइरहेका एक जना नेपाली बिपिन जोशीको खोजी कार्यका लागि इजरायलका उच्च अकिारीहरुलाई अनुरोध गरिएको पनि जनाएको छ ।

गत शनिवार प्योस्टाइनी उग्रबादी समूह हमासले इजरायलमा अक्रमण गर्दा १० नेपाली सहित १३ सय भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ भने इजरायलको जवाफी हमलामा १४ सय जना प्योस्टाइनीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*