देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक आज शुक्रबार ३ बजेपछि देउवाको निजी निवास, धुम्बाराहीमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदमका बारेमा छलफल हुनेछ ।

सभापति देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*