बद्री केसी एनआरएनएको अध्यक्षमा निर्वाचित

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भएका छन्।

प्रतिष्पर्धी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

बद्री केसीले १ हजार ३७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरे। यस्तै, रविना थापाले ४७ मत पाइन्।

उपाध्यक्षमा विनोद श्रेष्ठ (अस्ट्रेलिया), हेमराज शर्मा (युके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन्।

यसैगरी, युवा उपाध्यक्षमा रोशन थापा र महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएका छन्। महासचिवममा गौरीराज जोशी निर्वाचित भएका छन्।

संघको महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १ हजार ८१८ मत पाएका छन्।

उपमहासचिवमा सोम सापकोटा १ हजार ७९० र प्रवीन गुरुङ २ हजार १५० मतसहित विजयी भए।

यस्तै, ६ सचिव पदमा भीम केसी कमल १ हजार ६७३, डा. ज्ञानेन्द्र रेग्मी १ हजार ७८२, मनोजकुमार श्रेष्ठ २ हजार २४, डा. नवराज रोस्यारा १ हजार ८५३, पारमणि पोखरेल १ हजार ६५१ र स्वतन्त्रप्रताप शाह १ हजार ६६६ मत ल्याएर विजयी भएका छन्।

महिला सचिवमा टीका गुरुङ (राधिका) (२३२०) विजयी भइन्। सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुरप्रसाद ढुंगानाले १९१२ मत पाए।

सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यु बस्नेत (२०८१) र तिलकप्रसाद गैरे (२२३२) मतसहित निर्वाचित भएका छन्।

यस्तै, महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनीकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १५२२ मत पाइन्।

अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २३३६ मतसहित निर्वाचित भएकी छन्। सोही पदमा देविका खत्री गुरुङले १५२४ मत ल्याइन्।

संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतसहित विजयी भएका छन्। सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*