एमालेको चियापान कार्यक्रम आज

काठमाडौं । नेकपा एमालेले बुधबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम आयोजना गर्दैछ।

आज मध्यान्ह सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुने एमालेले जनाएको छ। दसैं(तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न एमालेले चियापान कार्यक्रम गर्न लागेको हो।

कात्तिक १४ गते (हिजो) आयोजना गर्ने भनिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गर्ने भएकाले आजका लागि सारिएको हो।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मीलगायतलाई आमन्त्रण गरिएको छ।

नेपाली कांग्रेसले यही कात्तिक ११ गते चियापान कार्यक्रम गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चियापानमा सहभागी हुन सबैलाई निम्तो दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*