आज नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ ।

बैठक बुधवार दिउँसो १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

साथै बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत तथा मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाइएको छ । एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*