रेशम चौधरीबिरुद्धको रिटको पेसी स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरीबिरुद्धको रिटको पेसी स्थगित भएको छ।

अदालत प्रशासनले न्यायाधीश अभावका कारण पेसी स्थगित भएको जनाएको छ।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुने भनिएको थियो। उनले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले समेत दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरे पनि सरकारले उनलाई कैद माफी दिने निर्णय गरेको थियो।

कडायतले दायर गरेको रिटमा पहिलो सुनुवाइ जेठ २३ गते भएको थियो।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए।

उक्त निर्णयपश्चात् राष्ट्रपति पौडेलको चौतर्फी आलोचना हुँदै आइरहेको छ।

जन्मकैद भएका चौधरीलाई सरकारले १३ वर्ष कैद मिनाहा दिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*