मकवानपुरमा बाघ खोज्दा अर्को पनि शव फेला,बाघ नियन्त्रणमा

हेटौँडा । लगातार मान्छेलाई आक्रमण गर्ने बाघलाई नेपाली सेनाको टोली राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । बाघ लाई नियन्त्रणमा लिने क्रममा पश्चिम मकवानपुरको मकवानपुर मनहरी गाउँपालिका वडा नंबर–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एकजना ब्यक्तिको शव फेला परेको छ ।

गत शुक्रबार बाघको आक्रमणबाट सोहि क्षेत्रमा चितवनको राप्ती नगरपालिका वडा नंबर १ दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएपछि बाघ खोज्न निस्किएको नेपाली सेना र निकुञ्जको टोलीले शव फेला पारेको हो ।

सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी बाघको खोजी गर्ने क्रममा कम्मर भन्दा माथि हड्डी मात्र भएको अवस्थामा पुरुषको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । शवको पहिचान हुन सकेको छैन् । शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

यसैबीच सेना र निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन तर्फ लगेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*