मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकबीच सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकहरूबीच सहमति भएको छ ।

सहमति भएसँगै प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्राध्यापकको रोकिएको तलब भत्ता बापतको रकम एक महिनाभित्र प्रतिष्ठानले उपलब्ध गराउने सहमती भएको प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले बताए ।

प्रतिष्ठानको प्रतिविद्धता पछि आन्दोलनरत प्राध्यापकहरू शिक्षण कार्यमा फर्किएका छन् । कार्तिक २२ गतेदेखि प्रतिष्ठानमा कार्यरत २४ जना प्राध्यापकहरूले ३ महिनादेखिको तलब, भत्ता बापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*