ओली पुगे दैलेखको राउटे बस्ती

सिमकोट । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राउटे बस्तीमा पुगेका छन्। लोपोन्मुख राउटे जातिको अवस्था बुझ्न उनी उक्त बस्ती पुगेका हुन्।

राउटे मुखिया सूर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएका छन् । बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँस गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविकोपार्जनका लागि बनाउँदैं आएको काठबाट राउटेले बनाएको कोसी उपहार दिएका हुन् ।

उपहार ग्रहण पश्चात अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला निकालेर लगाइदिए । एमाले राउटे समुदायको अस्तित्व बचाउँदै जीविको पार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष ओलीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*