निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आयोगले शुक्रबार एक सूचना जारी गरेर राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ता गर्न भनेको हो।

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने पार्टीले मंसिर २४ देखि २९ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने बताइएको छ।

आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने सम्बन्धी सूचना जारी गरिएको हो।

‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा निवेदन दिन यो सूचना गरिएको छ,’ निर्वाचन आयोगले जारी गरेको सूचनामा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*