पूर्वराजा शाह आगामी हप्ता भैरहवा जाँने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन् । पूर्वराजा शाह पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा जाने भएका हुन् ।

शाहका संवाद सचिव डा. फणिराज पाठकले सोमवार एक सूचना जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जाने बताएका छन् ।

पूर्वराजा शाहले पश्चिम र मध्यपश्चिमका केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*