श्रीलंकाका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौं । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन्।

उनले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्न परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौंमा आयोजना हुने नेपाल(श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन्।

संयुक्त आयोगको बैठकमा विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नेछन्। साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्ने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

उनी पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*