बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको घटनाको प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।

उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई बताएका छन् ।

प्रधानमन्त्रीले घटना आकस्मिक र दुस्खद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*