मकवानपुरगढीमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरगढीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाँपालिका वडा नम्बर–१ बादरखोल्सी स्थित भित्रि सडकखण्डमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

स्थानीय लेनडाँडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा प्र–०३–००१ ख १४८९ नम्बरको टिप्पर आफै अनियन्त्रित भई रोडबाट १५० मिटर तल खस्दा हेटौडा १५ रातोमाटे बस्ने २२ वर्षिय सुकदेव पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

दुर्घटनामा चालकलाई उद्दार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा आज बिहान सवा २ बजे डाक्टरले मृत्यु घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*