भुटनदेवि माध्यमिक बिद्यालयमा अभिभाबक भेला तथा प्राबिधिक भवन उद्घाटन्

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवि माध्यमिक बिद्यालय, प्राबिधिक शिक्षालयको ५७ औं अभिभाबक भेला, पुरस्कार वितरण, सम्मान कार्यक्रम एबम बिद्यालयको नौ कोठे प्राबिधिक भवनको आज उद्घाटन् गरिएको छ ।

भेला र नव निर्मित भवनको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्धालयका पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, राष्ट्रिय परिक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास निर्देशनालय हेटौंडाका देव नारायण चौधरी, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महासाखाका प्रमुख हरिशचन्द्र सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*