पूर्व राजा ज्ञानेन्द्र शाह हेटौँडा आउँदै
मकवानपुर । मकवानपुरको हेटौंडामा माघ ७ गते हुने एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी हुने भएका छन् ।
धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधानाका लागि हेटौंडा आउन लागेका उनले शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाट गरी सम्बोधन गर्ने कार्यक्रम रहेको बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
























