रातोमाटेमा अबैध मल सहित ८ वटा ट्रक नियन्त्रणमा
हेटौंडा । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा अबैध मल सहित ८ वटा ट्रक नियन्त्रणमा लिएको छ । राजश्व छलि गरेर आठ वटा ट्रकमा मल भित्रयाएको आसंकामा प्रहरीले मल नियन्त्रणमा लिएको हो ।
अबैध रुपमा निकासी हुँदै गरेको ३ हजार ६८० बोरा मल नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
























