हेटौंडामा बस दुर्घटना हुदा १० जना घाइते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ पुतलीबजार स्थित धरान चतरा सडक खण्डमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
हेटौंडाको फुर्केचौरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ३ ख ५३०३ नम्बरको बसले टेलरलाई साईड दिने क्रममा अचानक सडक साईडमा पल्टदा बसमा सवार १५ जना मध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
घाइतेहरुको हेटौंडाको सन्चो अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
























