हेटौंडामा सूचनाको चलखेल र लोकतन्त्रका विषयमा छलफल

हेटौंडा । हेटौंडामा सूचनाको चलखेल र लोकतन्त्रका विषयमा छलफल भएको छ । सेन्टरफर मिडिया रिसर्च नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले मिथ्या सूचना रोक्नका लागि प्रदेशबाट काम गरिनुपर्ने बताउनुभयो ।

समाचार लेख्दा सत्यतथ्यमा आधारित रहेर समाचार लैख्नका लागि उहाँले आग्रह समेत गर्नुभयो । डिजिटल मिडियाले पारेको प्रभाब धेरै भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्का प्रदेशसभाका सदस्य सरल सहयात्रीले सत्यतथ्य समाचार मात्र बाहिर लग्न आग्रह गर्नुभयो । मिडियाले इगो राखीकन समाचार लेख्नेहो भने सत्य समाचार बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

मिडियाले सामाजिक सञ्जाल माथी उठेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बिागमती प्रदेशसभाका अरु सदस्यहरु, सञ्चारकर्मीहरु, शिक्षक, जनप्रतिनिधिहरु लगायताकाले मिथ्या सूचनाको चलखेलका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*