बेलायती कर्णेलद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कमाण्डेन्ट रिचर्ड वार्डल ओवीइ र सहायक कर्णेल मार्क लान्क्यास्टर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको उक्त भेटवार्तामा संयुक्त अधिराज्यका राजदूतको समेत उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रपति समक्ष बेलायती प्रतिनिधि मण्डलले ब्रीज अफ गोर्खा सन् २०२३ को बार्षिक प्रतिवेदन पेस गरेको छ ।

त्यस क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटका अवसरमा राष्ट्रपति पौडेलले ब्रिटिस गोर्खा सैनिकहरूका बारेमा चासो व्यक्त गर्दै बेलायतले नेपालको विकास साझेदारका रूपमा नेपालको विकासमा सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*