गण्डकीलाई एपीएफले दियो २०८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा एपीएफले गण्डकीलाई २०८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले लोकेश बमको अर्धसतक मद्दतमा ४७।२ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको हो ।

लोकेशले ६७ बलमा ५ चौका र २ छक्का मद्दतमा ५० रन बनाएर आउट भए । भुवन कार्कीले ४५, प्रदीप ऐरीले ३९ र पुरण बिकले ३० रनको योगदान गरे । अरु ब्याटर खासै चलेनन् ।

गण्डकीका कमल परियारले ३, विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले दुईरदुई विकेट लिए ।

जारी प्रतियोगितामा ६ खेलमा तीन खेलमा जित र तीनमा हार व्यहोरेको एपीएफ ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने ६ खेल नै खेलेको गण्डकी ४ अंकसहित आठौं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*