संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज राष्ट्रिय सरोकार तथा समन्वय समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयका प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा अनुगमन मूल्यांकन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*