भोलि माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सोमबार बस्दै छ । भोलि बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*