हेटौंडामा पनि मनाइयो अख्तियारको ३३ औ स्थापना दिवस
हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयले आफ्नो ३३ औं स्थापन दिवस हेटौंडामा मनाएको छ । आयोगको कार्यालय हेटौंडामा स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माले समुद्रको माछाले नदीमा कती पानी खान्छ भन्ने थाहा नभएजस्तै भ्रष्ट कर्मचारीले कती पैसा खायो भन्ने जानकारी नहुने बताउनुभयो । भ्रष्टाचार अहिले बढेको उहाँले बताउनुभयो । भ्रष्टाचारका बिरुद्धमा परेका उजुरीका विषयमा छानविन गरेर अख्तियारले कार्बाही गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले शुशासन कायम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडाका प्रमुख उमाकान्त आचार्यले स्वागत गर्नु भएको कार्यक्रममा बागमती प्रदेशका बिभीन्न मन्त्रालयका मन्त्री, सचिबहरु, मकवानपुरका स्थानीय हका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु लगायतकाको आतिथ्यता रहेको थियो ।जनपत्रबाट
























