आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँबानेश्वरमा आज बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।

आज बस्ने बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९–८० पेस गर्ने कार्यसूची छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पनि सम्पत्ति शुद्धीकरण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*