द्वन्द्वग्रस्त मुलुकमा पठाउने एजेन्सीलाई कारबाही हुन्छः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले द्वन्द्वग्रस्त मुलुकको सेनामा भर्ना हुन नेपाली पठाउने व्यक्ति र एजेन्सीलाई कारबाहीको दायरमा ल्याउन सरकार क्रिाशील रहेको बताएका छन् ।

राष्ट्रिय सभामा शून्य र विशेष समयमा सांसदहरुले रुसी सेना र युक्रेनी सेनामा नेपालीहरु भर्ना हुन गएको सम्बन्धमा सरकारको जवाफ माग गर्दै आएका थिए ।

शुक्रबार जवाफ दिँदै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनामा भर्ना हुन जानलाई निरुत्साहित गर्ने र यस्तो कार्यमा सघाउनेलाई कानुनी कारबाही हुने बताएका हुन् ।

उनले भने, ‘नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकहरुमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने र यस्तो कार्यमा सघाउने व्यक्ति र एजेन्सीलाई कानुनी कारबाहीको दयारमा ल्याउने कार्यमा सरकार क्रिाशिल रहेको जानकारी गराउन चाहन्छु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*