कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, गठबन्धन टुट्नुको धारणा सार्वजनिक गर्ने

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बैठक पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा मंगलबार दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकमा नयाँ सत्ता समीकरणका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बोलाइएको छ ।

आज बस्ने कार्यसम्पादन समितिको बैंठकले सरकारको समीक्षा गर्दे थप रणनीति बनाउने बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*