राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । भेटमा मुलुकको समसामयिक विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

जेठ १ गते संघीय सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने कार्यक्रम छ। सोही विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसँग छलफल गरेका हुन् ।

राष्ट्रपति भेट्नुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको अडानबाट पछि नहटेपछि संसदको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले देउवासँग छलफल गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*