बागमती प्रदेशसभा बैठक ,विशेषाधिकार समिति गठन

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । बैठकमा सभामुख भुवनकुमार पाठकले नेपालको संविधानको धारा, १९३ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १६७ बमोजिम समिति गठनको घोषणा गर्नुभएको हो ।

समितिमा कृष्णप्रसाद शर्मा खनाल, कृष्णप्रसाद सिलवाल, गिरबहादुर तामाङ, गोविन्दप्रसाद लम्साल, जयराम थापा, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रभात तामाङ, विन्दु श्रेष्ठ, मायादेवी शर्मा, रत्नप्रसाद ढकाल, राजु विष्ट, रामकृष्ण चित्राकार, सुस्मा भुजेल न्यौपाने, सरिता खड्गी, सुना परियार र सुरेन्द्रराज गोरसाईं हुनुहुन्छ । सभामुखद्वारा प्रस्तुत यी नामप्रति बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसअघि बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले नेपालको संविधानको धारा, १९३ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्न प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा सभामुख पाठकले विषयगत समितिका सदस्यहरूको हेरफेरको नाम प्रस्ताव गर्नुभएको थियो । सभामुखले प्रदेशसभा नियमावली २०७४ को नियम १५० बमोजिम प्रदेश मामिला समितिमा रहनुभएका आनन्दकुमार श्रेष्ठलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा र उद्योग, पर्यटन तथा वातावरणमा रहनुभएका प्रेमभक्त महर्जनलाई प्रदेश मामिला समितिमा हेरफेर गरेको घोषणा गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि जेठ ६ गते आइतबार बिहान ११ बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*