नेपालगञ्जको तापक्रम ४१ डिग्री सेल्सियस मापन

नेपालगञ्जमा तातो हावाको लहर ‘लू’ चलेपछि जनजीवन प्रभावित भएको छ । उच्च गर्मी र तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित भएको हो । दिनदिनै बढिरहेको तापक्रमले यहाँको जनजीवन प्रभावित भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार नेपालगञ्जको अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको छ । जुन देशभरमै सबैभन्दा उच्च हो । मौसमविदहरुका अनुसार कम्तीमा अझै दुई तीन दिन तातो हावा ‘लू’ को प्रकोप रहने देखिएको छ ।

अत्यधिक गर्मीका कारण बजारमा मानिसको उपस्थिति पातलिएको छ भने सरकारी कार्यालयहरूमा पनि सेवाग्राहीको सङ्ख्या घटेको छ । अस्पतालहरूमा बिरामीको चाप बढेको छ । गर्मीका कारण आउँ, झाडापखाला, म्यादी ज्वरो, छालाका बिरामी बढेको भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी डा.सङ्केतकुमार रिसालले बताउनुभयो । दिउँसोको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन चिकित्सकहरूले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*