शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट

काठमाडौं । शिक्षा तथा विज्ञान, प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम पाएको छ । मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१ र ०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी दिएका हुन् ।

बजेटमा शैक्षिक कर्जा, जनशक्ति आपूर्ति, विश्वविद्यालय सञ्चालन, मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिने, विश्वविद्यालयहरू गाभ्ने विषयमा समेत अध्ययन गर्ने तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिसाको सहज व्यवस्था गर्ने लक्ष्य रहेको उल्लेख गरिएको
छ ।

यसैगरी, सरकारले संघीय सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ, खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ, कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड बजेट विनियोजित गरेको अर्थमन्त्री पुनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*