१० महिनामा विदेश पढ्न जानेले १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरे

काठमाण्डौ । १० महिनामा विदेश पढ्न जाने नेपाली विद्यार्थीले एक खर्ब चार अर्ब रुपैयाँ खर्च गरेका छन् । गएको वर्ष भने जम्मा ७५ अर्ब १४ रुपैयाँ खर्च भएको थियो ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनाको वित्तीय विवरणअनुसार अहिले विदेश पढ्न जाने विद्यार्थीबाट भएको खर्च झन्डै २९ अर्ब रुपैयाँले धेरै हो । समग्रमा विदेशमा भ्रमण र पढ्न जाने नेपालीले १० महिनामा एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन् ।
यस्तै भ्रमण आय अर्थात् विदेशीले नेपालमा १० महिनामा ६९ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको १० महिनामा विदेशीले नेपालमा ५१ अर्ब ३७ करोड रुपैयाँ मात्रै खर्च गरेका थिए ।