मकवानपुरमा आजदेखि राष्ट्रिय परिचयपत्र दर्ता विशेष शिविर सञ्चालन

स्थानिय तहमा नै शिविर संचालन हुने

काठमाण्डौ – मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन शुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दा सेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो ।

आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिकाबाट शुरु भएको शिविर कैलाश गाउँपालिकामा, थाहा नगरपालिकामा, इन्द्रसरोवर गाउँपालिकामा ,बागमती गाउँपालिकामा, बकैया गाउँपालिकामा, मकवानपुरगढी गाउँपालिकामा, भीमफेदी गाउँपलिकामा र मनहरी गाउँपालिकामा क्रमशः सञ्चालन हुनेछ ।

हेटौँडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षा भत्ताको लाभग्राहीले जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता गराउन सक्ने चिलुवालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*