हेटौंडामा गर्मी बढेपछी विद्यालय दुई दिन बिदा

हेटौंडा। हेटौंडामा अत्याधिक गर्मी बढेपछी संस्थागत तथा सामुदायिक बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । बिहीबार र शुक्रबार हेटौंडाका निजी तथा सामुदायिक बिद्यालय,मन्टेश्वरी,प्रारम्भिक बाल विकास केन्द्रलाई बिदा गरिएको हो । अहिले गरिएको बिदा बर्षे बिदाबाट कट्टी हुनेगरी दिइएको हो ।

हेटौंडामा अत्याधिक गर्मी बढे संगै बिद्यार्थी विरामी परेको तथा पठनपाठनमा असहजता भएकोले केहि समय बिद्यालय बन्द गर्न शिक्षक, अभिभाबकहरुको अनुरोेधपछी बिद्यार्थीलाई जेठ ३१ र ३२ गते छुट्टी दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*