पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।
























