भारतले बंगलादेशलाई हरायो

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर–८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ । जारी विश्वकपमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर– ८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको बंगलादेश आठ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १४६ रनमा समेटिएको हो ।

भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतक बनाए। २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा उनले नटआउट ५० रन बनाएका हुन् । भारतका लागि ओपनर विराट कोहलीले ३७, कप्तान रोहित शर्माले २३ रन बनाउँदा ऋषभ पन्तले ३६ जोडे । शिवम् दुबेले ३४ रन बनाउँदा सूर्यकुमार यादव भने ६ रनमा समेटिएका थिए। बंगलादेशका लागि तान्जिम हसन सकिब र रिसाद होसैनले समान दुईदुई विकेट हात पारे भने सकिब अह हसनले एक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*