अर्थसचिवले भने बैंकको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान सहजीकरण गर्छौं

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैंकहरूमा रहेको ६ खर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहजीकरण गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो धारणा राखेका हुन् । उनले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने उल्लेख गरे ।

अर्थमन्त्रालयले बैंकमा भएको ६ खर्ब लगानीयोग्य रकमलाई नीतिगत रूपमा सहजीकरण गरी बजारमा जाने वातावरण बनाउने उल्लेख गरे । राजश्वमा दबाब परेको कारणले गर्दा पनि अर्थतन्त्रमा ब्याडलक छ । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेका छौं ।  अर्थमन्त्रालयले बैंकमा भएको ६ खर्ब लगानी योग्य रकमलाई प्राथमिकताका साथ हेरी रहेका छौं । त्यो पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बााकी राख्दैनौं । आर्थिक नीतिमा कहाा कति सुधार गर्नुपर्ने हो । त्यो गर्छौं । बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्छौं । उनले आगामी मौद्रिक नीति पनि अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउनेमा आफू विश्वस्त रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*