विश्वकप उपाधिका लागि भारत र दक्षिण अफ्रिका बीच खेल हुने

काठमाडौं । बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलेको थियो । त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने दाउमा छ । दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाएको हो । भारतले अब उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार राति नेपाली समयअनुसार ८ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*