हेटौंडामा नेपाली जुत्ताघर खुल्यो

हेटौंडा । स्वदेशी उत्पादनको प्रवर्धन,हाम्रो अभियान भन्ने उद्देश्य सहित नेपालमा उत्पादित स्वदेशी ब्राण्डका जुत्ता चप्पलको सोरुम हेटौंडामा सञ्चालनमा आएको छ । हेटौंडा–१ राप्तिरोडमा नेपाली जुत्ताघर संचालनमा आएको हो । शुक्रबार बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले जुत्ताघरको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न प्रदेश सरकार तयार रहेको बताए । स्वदेशी उत्पादन प्रयोग गर्न सबै क्षेत्रलाई आग्रह गर्दै मन्त्री श्रेष्ठले रोजगारमूलक कार्यक्रम ल्याई र उत्पादित वस्तु बिक्री नहुने समस्याको समाधान गर्न सरकार उद्यमीको साथमा रहने प्रतिवद्धता व्यक्त गरे । चीन र भारतबाट आउने जुत्ताचप्पलले गर्दा नेपालमा बनेका उत्पादित जुत्ताचप्पलले बजार नपाउने गरेको छ भन्दै मनैदेखि नेपालीपन आउनुपर्छ,स्वदेशी ब्राण्डलाई प्रयोग गर्नुपर्ने बताए ।

नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नानीराज घिमिरे,फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीप्रसाद शर्मा, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसनका उपाध्यक्ष जीवन श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

देशको ठुला सहरमा नेपाली जुत्ताघर सञ्चालनमा ल्याउने क्रममा हेटौंडामा पनि सुरु गरिएको नेपाली जुत्ताघरका अध्यक्ष उपाध्यायले बताए । सोरुममा फस्ट वाल्क सुज, विएफ डियरहिल सुज, रन सुज, स्मार्ट सुज, क्रसरोड सुज, गोल्डस्टार, ब्लाक हर्स,सांग्रीला सुजका ब्राण्डका जुत्ता चप्पल पाइने अध्यक्ष उपाध्यायले बताए । नेपाली उत्पादनलाई नेपालभरका साथ विश्वभर फैलाउन देशको विभिन्न सहरहरुमा नेपाली जुत्ताघरको सोरुम सञ्चालन गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*